रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्यो, वैदेशिक रोजगारीमा रहेकाले आजदेखि आवेदन दिन पाउने

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्यो, वैदेशिक रोजगारीमा रहेकाले आजदेखि आवेदन दिन पाउने

काठमाडौं : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आजदेखि प्राथमिक साधरण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याएको हो।

वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले यो आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

निष्कासन छिटोमा मङ्सिर २५ गते बन्द हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा पुस ७ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

साथै, मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि घरमै बसेर आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

मंसिर २२, २०८२ सोमबार ०८:५५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।