विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव
धनुषा : मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन्।
आइतबार बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए।
यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आइतबार मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।
मंसिर २१, २०८२ आइतबार १२:०९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।