देशभरि मौसममा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपात सम्भावना

देशभरि मौसममा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपात सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

आइतबार दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ।

त्यसैगरी, आइतबार राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

मंसिर २१, २०८२ आइतबार ०९:१२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।