कान्ति लोकपथ आजदेखि दैनिक ६ घण्टा पूर्ण बन्द, मर्मत कार्य दुई महिना चल्ने
काठमाडौं : सडक विस्तार तथा मर्मत सम्भारका लागि कान्ति लोकपथ आजदेखि दुई महिनासम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार राजमार्गका विभिन्न खण्डमा सडक विस्तारको काम गर्नुपर्ने भएकाले आजदेखि आगामी दुई महिनासम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ।
कान्ति राजमार्ग सडक योजनाले दिएको जानकारीअनुसार यो अवधिमा सवारी साधन रोकेर निर्माण तथा मर्मत कार्यलाई तीव्रता दिइनेछ।
बिहान ११ बजेदेखि साँझ ५ बजेको समयमा सडक ‘पूर्ण रूपमा’ बन्द रहनेछ भने बाँकी समयमा सवारी साधन सञ्चालन हुन सक्नेछन्।
प्रशासनले सडक बन्द रहने समयमा कान्ति राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
मंसिर २०, २०८२ शनिबार ०८:२८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।