एनपिएल : जनकपुर टस जितेर ब्याटिङमा, लुम्बिनीले जिते ३ टोली बाहिरिने
काठमाडौं : कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन्।
जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ। छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ। लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरिने छन्।
यदि यो खेल जनकपुरले जितेमा अङ्कतालिका रोमाञ्चक हुनेछ। जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्क मात्रै छ। जितेको खण्डमा चार अङ्क हुनेछ।
त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइरहेको छ।
काठमाडौं गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा सुरक्षित छन्। कर्णाली याक्स भने यसअघि नै बाहिरिइसकेको छ। मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।
मंसिर १९, २०८२ शुक्रबार १६:११:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।