आज ४ बजे सर्वपक्षीय बैठक, राजनीतिक दलदेखि ‘जेन-जी’ प्रतिनिधिसम्म सहभागी हुँदै
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।
साथै, ‘जेन-जी’ प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई पनि छलफलमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।
सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनलाई केन्द्रित गर्दै सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल गरिरहेको छ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ भने पुराना तथा नयाँ राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन्।
मंसिर १९, २०८२ शुक्रबार १२:४६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।