हुलासको प्रिमियम ब्रान्ड ‘स्काइलाइन’ को शोरुम सञ्चालनमा

हुलासको प्रिमियम ब्रान्ड ‘स्काइलाइन’ को शोरुम सञ्चालनमा

काठमाडौं : हुलास एल्युमिनियमले आफ्नो नयाँ प्रिमियम लक्जरी ब्रान्ड ‘स्काइलाइन’को आधिकारिक शोरुम तथा अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ।

काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेज अगाडि स्थापना गरिएको उक्त शोरुमको विधिवत् उद्घाटन गरिएको हो।

कम्पनीले एल्युमिनियमका ढोका तथा झ्यालहरूको बजारमा नयाँपन दिने उद्देश्यले यो ‘एक्सपिरियन्स सेन्टर’ सुरु गरेको जनाएको छ।

यहाँ ग्राहकले केवल उत्पादन हेर्ने मात्र नभई तिनलाई छोएर, महसुस गरेर र नजिकबाट बुझेर वास्तविक लक्जरीको अनुभव लिन सक्नेछन्।

हुलास एल्युमिनियमको विश्वास र भरोसा बोकेको ‘स्काइलाइन’ ब्रान्डले अन्तर्राष्ट्रिय मापदण्ड र आधुनिक प्रविधिमा आधारित उत्पादनहरू बजारमा ल्याएको छ।

कम्पनीका अनुसार यी ढोका तथा झ्यालहरू प्रिमियम गुणस्तर, आकर्षक डिजाइन र बलियोपनका लागि विशेष छन्।

कम्पनीले स्काइलाइनलाई ‘भ्यालु फर मनी’ ब्रान्डका रूपमा प्रस्तुत गर्दै यो लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्य दुवैका हिसाबले उत्कृष्ट विकल्प हुने दाबी गरेको छ।

शोरुम शुभारम्भको अवसरमा कम्पनीले मङ्सिर १८ गतेदेखि २० गतेसम्म तीन दिने विशेष ‘लन्च इभेन्ट’ समेत आयोजना गरेको छ।

यस अवधिमा ग्राहक तथा अवलोकनकर्ताहरूले शोरुम भ्रमण गरी आधुनिक इन्टेरियर तथा आर्किटेक्चरका लागि उपयुक्त डिजाइनहरूको जानकारी लिन सक्नेछन्।

स्काइलाइनको उद्घाटनसँगै नेपालको लक्जरी एल्युमिनियम ढोका तथा झ्यालको बजारमा नयाँ मानक स्थापित हुने विश्वास हुलास एल्युमिनियमले लिएको छ।

मंसिर १९, २०८२ शुक्रबार १०:५९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।