इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई हमला
एजेन्सी : इजरायली सेनाले दक्षिणी लेबनानमा फेरि हवाई हमला गरेको छ।दशकौंपछि इजरायल र लेबनानबीच प्रत्यक्ष वार्ता भइरहेकै समयमा यो आक्रमण भएको हो।
इजरायली सेनाले आक्रमण गर्नुअघि मजादेल, बाराचित, जाबा र महरुना क्षेत्रका बासिन्दाहरूलाई तत्काल ती स्थानहरू खाली गर्न चेतावनी दिएको थियो।
इजरायलको दाबी अनुसार, यी स्थानहरूमा इरान समर्थित समूहका हतियारहरूको गोदाम रहेको छ। यद्यपि, यो ताजा हवाई हमलामा हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।
सन् २०२४ को नोभेम्बरमा दुई देशबीच युद्धविराम सम्झौता लागू भए पनि इजरायलले लेबनानमा लगभग हरेक दिन आक्रमण जारी राखेको छ।
पछिल्लो आक्रमणबारे लेबनानको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन। तर, लेबनानी नेताहरूले यसअघि नै इजरायलका यस्ता आक्रमणको आलोचना गर्दै यसलाई युद्धविराम सम्झौताको उल्लंघन बताउँदै आएका छन्।
मंसिर १९, २०८२ शुक्रबार ०८:३९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।