एनपीएलमा मिल्काइएको सुश्री मिडियाले पायो एन्फाको ब्रोडकास्ट अधिकार

एनपीएलमा मिल्काइएको सुश्री मिडियाले पायो एन्फाको ब्रोडकास्ट अधिकार

काठमाडौं : सुश्री मिडिया प्रालिले डिसेम्बर ५ देखि २० सम्म हुन लागेको साफ क्लब महिला च्याम्पियनसिपको ब्रोडकास्ट, मार्केटिङ र डिजिटल अधिकार पाएको छ। एन्फासँग सो कम्पनीको सम्झौता समेत भइसकेको छ।

सम्झौताका शर्तहरूबारे एन्फाले केही खुलाएको छैन। सुश्री मिडियाका सदस्य सुजन थापाले नेपालको लागि नभएर बाहिरी देशको लागि ओटिटी अधिकार लिएको बताए।

उनले उकेरासँग भने ‘यो नेपाल भित्रको लागि होइन, बाहिरी देशमा देखाउन सम्झौता भएको हो। यो बाहेक अरू कुरा जानकारी छैन।’

क्यानले फाल्यो, एन्फाले अँगाल्यो
सुश्री मिडिया त्यही कम्पनी हो जसले गत १ गतेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको नेपाल प्रिमियर लिगको प्रसारण अधिकार पाउन टेन्डर हालेको थियो।

टेलिभिजन ब्रोडकास्ट र ओटीटी दुवैमा जोइन्ट भेन्चरमार्फत प्रतिस्पर्धामा उत्रिएको यसले प्रसारण अधिकार भने पाएन।

टेलिभिजन प्रसाण अधिकारका लागि सुश्रीले ३ करोड ७७ लाख प्रस्ताव गर्दा पनि एक्सन स्पोर्टसमा प्रसारण गर्न नपाइने सर्त तेर्स्याएर एनपीएल गभर्निङ काउन्सिलले ३ करोड प्रस्ताव गरेको कान्तिपुर म्याक्सलाई नेपालभित्र प्रसारणको अधिकार दिएको थियो।

त्यसैगरी ओटीटीको जिम्मा भने डिसहोम गोले पाएको थियो।

मंसिर १५, २०८२ सोमबार १८:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।