शिखर इन्स्योरेन्सलाई साफाको ‘मेरिट प्रमाणपत्र’
काठमाडौं : शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली परीक्षक महासङ्घ (साफा) द्वारा प्रदान गरिने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ विधामा ‘मेरिट प्रमाणपत्र’ प्राप्त गरेको छ। नेपालमा यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स पहिलो बिमा कम्पनी बनेको हो।
कम्पनीले प्राप्त गरेको सम्मान आफ्नो लागि मात्र नभई समग्र नेपाली बिमा क्षेत्रको लागि सकारात्मक योगदान हुने शिखर इन्स्योरेन्सले विश्वास व्यक्त गरेको छ।
साफाद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन (कर्पोरेट गभर्नेन्स) तथा जवाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ।
विगतका वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन, वित्तीय अनुशासन तथा सरोकारवालाहरूसँगको स्पष्ट र पारदर्शी सञ्चारप्रतिको निरन्तर प्रतिबद्धतालाई यो सम्मानले पुष्टि गरेको शिखरको भनाई छ। कम्पनीले प्रकटीकरण प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नत बनाउने तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने दिशामा गरेको प्रयासको यो एक महत्त्वपूर्ण प्रमाण भएको उसको दाबी छ।
अवार्ड प्राप्तिपछि शिखर इन्स्योरेन्सले भविष्यमा अझ उच्च स्तरको सुशासन, वित्तीय पारदर्शिता र उत्कृष्ट प्रतिवेदन प्रणालीलाई विस्तार गर्न थप प्रेरणा प्रदान गरेको भनेको छ।
मंसिर १२, २०८२ शुक्रबार १८:०३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।