देशभरको मौसम मुख्यतया सफा, कोशीको उच्च भेगमा हिमपातको सम्भावना

देशभरको मौसम मुख्यतया सफा, कोशीको उच्च भेगमा हिमपातको सम्भावना

काठमाडौं : हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा भने चिसो क्रमशः बढ्दै गएको छ। आज बिहान ५:३० बजे काठमाडौंको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको छ।

आज उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बीचमा रहने महाशाखाले जनाएको छ।

मंसिर ३, २०८२ बुधबार ०७:५३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।