रविलाई भेटेपछि वाग्लेले भने : सहकारी छानबिन प्रतिवेदन सरकारले फेरि पढोस्
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानबिन प्रतिवेदनको कार्यान्वयनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै वाग्लेले वर्तमान सरकारले सहकारी छानबिन प्रतिवेदनलाई अध्ययन गर्न सुल्झाए।
संसद्ले बनाएको छानबिन प्रतिवेदनमा एमालेको नियत छर्लङ्ङ देखिएकोले वर्तमान सरकारले त्यसलाई पुनः अध्ययन गर्नुपर्ने उनको भनाइ थियो। सहकारी संस्थाहरूको रकम हिनामिनाबारे फेरि अनुसन्धान गर्न कानुनी राय लिनसमेत उनले आग्रह गरे।
उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४/५ महिना भयो भैरहवामा लामो समय राखियो। आधार के थियो ? संसद्ले बनाएको संसदीय छानबिन प्रतिवेदनको आधारमा संसद्ले पेस गरेको त्यस्तो प्रकृतिको छानबिन रिपोर्ट तयार भएको दुई तीन घण्टामा नै मन्त्रिपरिषद्मा लगेर कारबाही गराएको ओली सरकारको नियतबारे आम जनताले छर्लङ्ङ थाहा पाइसकेका छन्। त्यो प्रतिवेदनको पाना नं. ४४९ फेरी पढिदिन यो सरकारलाई आग्रह गरेका छौं। त्यो सहकारी छानबिन प्रतिवेदनलाई मन्त्रिपरिषद्ले पुनः अध्ययन गरोस् र त्यसलाई अनुसन्धान फेरि गर्नुपर्नेमा कानुनी राय लिओस्।’
मंसिर २, २०८२ मंगलबार १५:५४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।