लगातार फिल्म फ्लप भएपछि मोडियो साम्राज्ञीको मुड, विवाहको सुरसार

लगातार फिल्म फ्लप भएपछि मोडियो साम्राज्ञीको मुड, विवाहको सुरसार

काठमाडौं। अभिनेत्री साम्राज्ञी शाहले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना दर्शक तथा प्रशंसक सामु सर्प्राइज दिएकी छन्। उनले मंगलबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल इन्स्टाग्राममा इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छन्। जुन दर्शकका लागि सर्प्राइज हो। किनभने उनी केही महिना यता चुपचाप बसेकी थिइन। पछिल्लो समय अभिनय गरेको फिल्म ‘लण्डन टु पेरिस’सुपर फ्लप भएपछि उनको सक्रियता घटेको थियो।

मंगलबार अचानक आफ्ना केही इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जाल सेयर गर्दै ‘एस एन्ड बी’ ह्यासट्याग उल्लेख गरेकी छन्। उनले विवाह गर्न लागेको केटाको नाम खुलाएकी छैनन्। तर, आफूले पाउनका लागि प्रार्थना गरेको व्यक्तिसँग विवाह हुन लागेकोमा उनले सुखी साटेकी छन्।

उनी लेख्छिन्, ‘जसको लागि मैले प्रार्थना गरेँ। मेरो भाषा बोल्न सक्ने शान्त आत्मा। कहिल्यै समात्न नसकिने शब्दहरूसहित आभारी छु। तिम्रो आँखा मेरो आँखासँग ठोक्किँदा सिर्जना भएको एक जादु। एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ। फेरि चिप्लिन नदिईकन मेरो हातलाई बलियोसँग समातेकोमा धन्यवाद। तिमीले मलाई सम्झायौ कि माया गर्नु सजिलो छ। दयालु र कोमल हुनु। सधैं र सधैंभरि मेरो हृदय समात्नू।’

उनले कहिले इन्गेजमेन्ट गरेकी हुन् यकिन छैन। उनको इन्गेजमेन्ट भएको तस्बिर सार्वजनिक भएपछि सेलिब्रेटी देखि उनको दर्शकहरूले बधाई दिइरहेका छन्। एक दशकअघि अनमोल केसीसँग फिल्म ‘ड्रिम्स’मार्फत अभिनेत्रीका रूपमा डेब्यु गरेकी थिइन्। 

पहिलो फिल्मबाट नै चर्चामा आएकी शाहले ‘ए मेरो हजुर २’,‘तिमीसँग’,‘कायरा’,हुँदै पछिल्लो समय ‘मारुनी’,‘लण्डन टु पेरिस’मा अभिनय गरेकी थिइन्। जुन बक्स अफिसको व्यावसायिक रूपमा फ्लप भए। एक फिल्ममा अभिनय गरेर बसेकी शाहले अब विवाह गर्न लागेकी हुन्। 
 

मंसिर २, २०८२ मंगलबार १५:१६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।