झापामा अटो दुर्घटना, उपचारका क्रममा महिलाको मृत्यु

झापामा अटो दुर्घटना, उपचारका क्रममा महिलाको मृत्यु

सुरुङ्गा : झापाको गौरादहमा अटोरिक्सा दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी गौरादह नगरपालिका-१ की ३७ वर्षीया खुश्बु खातुनको उपचारका क्रममा मृत्यु भएको हो।

गत कात्तिक २१ गते साँझ गौरादह-१ स्थित गैरिया चोकमा धान लोड गरिरहेको मिनी ट्रकमा अटोरिक्सा ठोक्किएर दुर्घटना भएको थियो।

गैरिया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १ ह ५७५४ नम्बरको अटो, सडकमा रोकेर धान लोड गरिरहेको प्रदेश १-०२-००१ ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडि ठोक्किएको थियो।

दुर्घटनामा अटोमा सवार खातुन गम्भीर घाइते भएकी थिइन्। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको है।

दुर्घटनामा अटो चालक मृतकका श्रीमान् ४८ वर्षीय मोहम्मद डोमा पनि घाइते भएका छन्। उनको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काले उक्त जानकारी दिए।

मंसिर १, २०८२ सोमबार ०९:०८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।