अफगानिस्तानमा पाकिस्तानबाट गहुँ आयातमा पूर्ण प्रतिबन्ध

अफगानिस्तानमा पाकिस्तानबाट गहुँ आयातमा पूर्ण प्रतिबन्ध

एजेन्सी : अफगानिस्तानले पाकिस्तानबाट गहुँ र आँटाको आयात पूर्ण रूपमा बन्द गरेको छ।

दुई देशबीच बढ्दो तनावका बीच अफगानिस्तानले यो महत्वपूर्ण निर्णय लिएको हो, जसले दशकौंदेखिको व्यापारिक निर्भरतालाई अन्त्य गरेको छ।

अन्तर्राष्ट्रिय बजार एजेन्सीहरूका अनुसार, सन् २०१५ मा पाकिस्तानले अफगानिस्तानलाई ३२० मिलियन डलर (करिब ३२ करोड डलर) बराबरको आँटा निर्यात गरेको थियो।

तर, पछिल्ला वर्षहरूमा यो आयात क्रमशः घट्दै गएर अहिले शून्यमा पुगेको छ। कुनै समय ३० करोड डलरभन्दा बढीको आँटा किन्ने अफगानिस्तानले अब पाकिस्तानबाट गहुँ किन्न छाडेको हो।

यो परिवर्तनको मुख्य कारण हालैका दिनमा दुई देशबीच देखिएको राजनीतिक तनाव हो।

अफगान तालिबान सरकारले आफ्ना व्यापारीहरूलाई पाकिस्तानको विकल्प खोज्न र अन्य देशहरूसँग व्यापार सम्बन्ध बढाउन स्पष्ट निर्देशन दिएको थियो। कुनै समय अफगानिस्तानको कुल व्यापारको लगभग आधा हिस्सा पाकिस्तानसँग हुन्थ्यो।

पाकिस्तानमाथिको निर्भरता घटाउँदै अफगानिस्तानले अब मध्य एसियाली देशहरू र रुसतिर ध्यान केन्द्रित गरेको छ।

सन् २०२४ मा अफगानिस्तानले उज्बेकिस्तान, कजाकिस्तान र रुसबाट ६८९ मिलियन डलरको गहुँ र आँटा खरिद गरेको छ। यो आँकडा सन् २०२५ सम्ममा ७५० मिलियन डलर पुग्ने अनुमान गरिएको छ।

मंसिर १, २०८२ सोमबार ०८:०४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।