शपथ अगाडि नै खगेन्द्र बर्खास्त, 'भाडा' का आन्दोलनकारी बब्लु युवा मन्त्री

शपथ अगाडि नै खगेन्द्र बर्खास्त, 'भाडा' का आन्दोलनकारी बब्लु युवा मन्त्री

काठमाडौं : चार मन्त्री नियुक्त गर्न सिफारिस गरे पनि दुई जनाको मात्र शपथ भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. सुधा शर्मा, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता मन्त्रीमा सिफारिस भएकोमा सुधा र बब्लुको मात्र शपथ भएको छ।

शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। खगेन्द्रको नाम राष्ट्रपति कार्यालयमा पठाएको सूचीमा थियो। उनी विभिन्न अपराधमा फरार अभियुक्त भएको खुलेपछि अन्तिममा उनको नाम काटियो।

गणपतिलाल जग्गा विवादमा परेको खुलेपछि शपथ रोकियो। बालेन शाह र कुलमान घिसिङको सिफारिसमा मन्त्री भएका बब्लु भाडाका आन्दोलनकारी भएको खुले पनि उनको शपथ रोकिएन।

भ्रष्टाचारमा विवादित चोलेन्द्र शमसेर राणालाई सर्वोच्च अदालतमा प्रवेश रोक्न नेपाल बारले गरेको आन्दोलन भाँड्न बब्लुले युवा समूह लगेर सर्वोच्च अगाडि आन्दोलन गरेका थिए।

कात्तिक ९, २०८२ आइतबार १५:४९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।