आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्किए

आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्किए

काठमाडौं : शिक्षक आन्दोलनमा  ऐक्यबद्धता जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्कनुपरेको छ।

अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेर  ऐक्यबद्धता जनाउन पुगेकोमा शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गर्दै त्यहाँबाट फर्कन भनेपछि अपमानित भएर फर्कनुपरेको हो।

उनीहरू शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै त्यहाँ भाषण सहित गर्ने योजनासहित पुगेका थिए।

शिक्षकहरूले उनीहरूलाई ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भनेर त्यहाँबाट निस्कन भनेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई स्कर्टिङ गरेका थिए।

वैशाख १५, २०८२ सोमबार १३:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।