नेपालमा नास्तिकता फैलाउन १०० मिलियन डलर खर्च भएको विषयमा बोले राप्रपा सांसद् राणा

नेपालमा नास्तिकता फैलाउन १०० मिलियन डलर खर्च भएको विषयमा बोले राप्रपा सांसद् राणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले नेपाललाई १०० मिलियन रुपैयाँ नेपालमा धर्मान्तरको लागि खर्च भएको विषयको जानकारी उपलब्ध गराउन अमेरिकी सरकारसँग माग गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाललाई नास्तिकता फैलाउन अमेरिकी सरकारले खर्च गरेको रकमको सम्बन्धमा दूतावासमार्फत अमेरिकी सरकारसँग जानकारी माग्नुपर्ने बताएका हुन्।

उनले यस विषयमा सरकार र सांसदहरूले खासै नबोलेको भन्दै गम्भीर हुनुपर्नेमा जोड दिए। पहिलो र दोस्रो जनआन्दोलनपछि नेपालमा नेपाली जनताको चाहना बेगर नै देशलाई धर्म निरपेक्ष बनाइएको उनको भनाइ छ।

उनले भने, ‘नेपाललाई धर्म निरपेक्ष बनाएको कारणबारे अहिले खुलिरहेको छ। ९४ प्रतिशत ओमकार परिवारको बसोबास भएको राष्ट्रका कसैलाई पनि यो कुरा चित्त बुझेको छैन।’

यसका अलावा उनले देशलाई पुनः धर्म सापेक्ष नेपाल अधिराज्य अर्थात राजासहितको प्रजातन्त्रमा परिणत गर्न समेत प्रतिनिधि सभा सदस्यहरू समक्ष आग्रह गरे।

उनले थपे, ‘जनता यो विषयलाई लिएर चुप लागेर बस्ने स्थिति छैन। भोलि आन्दोलन हुन्छ र यो अन्यायलाई जनताले ठिक पार्छन् वा सुधार्छन्। यो कुरा हामी सबैलाई थाहा छ। त्यो बेला यहाँ रहेका माननीय सदस्यहरूलाई अप्ठ्यारो पर्ने स्थिति हुनसक्छ।’

फागुन ४, २०८१ आइतबार १३:५०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।