जितु नेपाललाई मातृशोक

जितु नेपाललाई मातृशोक

काठमाडौं : हास्य कलाकार जितु नेपाललाई मातृशोक परेको छ।

आइतबार विहान उनलाई मातृ शोक परेको जितुका भतिजा तथा कलाकार निरज नेपालले जानकारी दिए।

जितुकी आमा योगमायाले आज विहान लोकन्थलीस्थित जितु नेपालकै घरमा प्राण त्यागेकी हुन्।

उनको आजै दिउँसाे १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागेको निरजले उकेरालाई बताए।

जितुकी आमा केही वर्षदेखि दमको रोगबाट ग्रसित थिइन्। योगमायाको छ भाइ छोरा एक छोरी छन्।

फागुन ४, २०८१ आइतबार ११:४२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।