९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि सुरू हुँदै

९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि सुरू हुँदै

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशन आजदेखि सुरू हुँदैछ।
 
महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीका अनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ सम्म हुने महाअधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिने छन्।

पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ। 

महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ। 
    
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको उक्त पार्टीले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ।  

माघ २७, २०८१ आइतबार ०७:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।