सुनसरी-काठमाडौं सम्पर्क मञ्चले गरेको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन

सुनसरी-काठमाडौं सम्पर्क मञ्चले गरेको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन

काठमाडौं : एमाले निकट सुनसरी-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ। 

शनिबार राजधानीको तिनकुनेस्थित मदन भण्डारी स्मृति पार्कमा आयोजित उक्त कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको हो। 

अस्पतालमा हुने गरेको रगत अभावलाई मध्यनजर गरी वृहत् रक्तदान कार्यक्रम गरिएको मञ्चका सचिव एसआर शर्मा नेपालले जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटीको समन्वय कार्यक्रमको औपचारिक उद्घाटन भने प्रमुख अतिथिका रूपमा उपस्थित कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गरेका थिए। 

रक्तदानपछि मञ्च अध्यक्ष रमेश विष्टले आफूहरूले यस्ता कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए।

माघ २६, २०८१ शनिबार २०:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।