एनपीएलको पुरस्कार राशी एक करोडभन्दा बढी, ४७ लाखको सिजनल टिकट बिक्री

एनपीएलको पुरस्कार राशी एक करोडभन्दा बढी, ४७ लाखको सिजनल टिकट बिक्री

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को पुरस्कार राशी एक करोडभन्दा बढी हुने भएको छ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्काले एक अन्तरवार्तामा एनपीएलको पुरस्कार राशी अहिलेसम्मकै उच्च हुने र एक करोडभन्दा माथि नै हुने जानकारी गराएका हुन्।

‘एनपीएलको हाइप र लगानी अनुसार पुरस्कार राशी अहिलेसम्मै उच्च हुनेछ,’ उनले भने, ‘यसको पुरस्कार राशी एक करोडभन्दा माथि नै हुन्छ।’

सोही अन्तर्वार्तामा कोषाध्यक्ष खड्काले टिकट बिक्रीको बारेमा पनि जानकारी गराएका छन्। उनले ४७ लाख रुपैयाँको एनपीएलको सिजनल पासको टिकट बिक्री भइसकेको बताए।

उनले थपे, ‘अहिलेसम्म हरेक दिन हुने गेमको टोलल सेल चाहिँ ४७ लाखको भएको छ भने पहिलो खेलको सबै टिकट सोल्ड आउट भइसकेको छ।’

नेपालमा क्रिकेट क्रेज अनुसार भौतिक संरचना नभएका कारणले पनि अहिले सबैलाई मैदानमै आएर हेर्न सम्भव नभएको समेत बताए। त्यसका लागि पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए।

मंसिर १४, २०८१ शुक्रबार ०९:५०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।