यौन दुर्व्यवहारीका रूपमा अन्तर्राष्ट्रिय रूपमै बदनाम पर्वतारोही निर्मललाई मेयर बालेनको 'हौसला'

यौन दुर्व्यवहारीका रूपमा अन्तर्राष्ट्रिय रूपमै बदनाम पर्वतारोही निर्मललाई मेयर बालेनको 'हौसला'

काठमाडौँ : पर्वतारोही निर्मल पुर्जासँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लेखे ‘सफलता संयोग होइन, असम्भव केही छैन।’

पुर्जाले पर्वतारोहणमा प्रयोग गर्ने 'आइस एक्स'सहितको फ्रेम बालेनलाई उपहार दिँदै गरेको तस्बिर महानगरकै कार्यालयमा खिचे जस्तै देखिन्छ।

पहिला पुर्जा ‘रेकर्ड मेकर’ पर्वतारोहीका रूपमा चर्चित थिए। कपनमा रहेको कार्यालय राखिएको घरमा भएको शङ्कास्पद आगलागी, सगरमाथा आरोहणकाक्रममा अन्तर्राष्ट्रिय रूपमै अफवाह फैलाएर बदनाम भए उनी।

 अमेरिकाको चर्चित तथा खोजी पत्रकारिताका लागि परिचित द न्यूयोर्क टाइम्सले महिला पर्वतारोहीमाथि उनले गरेको यौन दुर्व्यवहारका घटना सार्वजनिक गरेपछि पछिल्लो समय उनी अन्तर्राष्ट्रिय रूपमै यौन दुर्व्यवहारी पर्वतारोहीको रूपमा बदनाम छन्।

उनै यौन दुर्व्यवहारीका रूपमा बदनाम र विवादित पर्वतारोही पुर्जालाई मेयर बालेनले सामाजिक सञ्जालमार्फत ‘इन्डोर्स’ गर्दै यौन दुर्व्यवहारको घटनाको समर्थक झैँ देखिए मेयर बालेन।

पुर्जासँगको तस्बिर सामाजिक सञ्जालमा राखेपछि उनको आलोचना समेत भइरहेको छ। तर बालेनका नाजायज गतिविधिलाई समेत वाहवाही गर्ने एक समूहले भने उनको प्रशंसा गरिरहेका छन्।

एक जनप्रतिनिधिले गर्ने हरेक कार्य र व्यवहारको सामाजिक सन्देश हुन्छ। विशेषगरी महिला हिंसा र यौन दुर्व्यवहार जस्ता संवेदनशील विषयमा प्रश्नको घेरामा रहेका व्यक्तिलाई सार्वजनिक रूपमा प्रोत्साहन गर्नु गैरजिम्मेवार कदम हो। बालेनको यो व्यवहारले जनप्रतिनिधिको सामाजिक उत्तरदायित्वबारे भने प्रश्न उठाएको छ। 

पुर्जा सम्बन्धित समाचार

कात्तिक १२, २०८१ मंगलबार २३:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।