मंगलबार १० चैत, २०८२
तोलामा छ सय बढ्यो सुनको मूल्य, सबै रेकर्ड तोडियो
काठमाडौं : सुनको मूल्यमा आज फेरि ऐतिहासिक रेकर्ड कायम भएको छ।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य छ सय रुपैयाँले बढेसँगै अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार एक लाख ६५ हजार छ सय रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ। आइतबार दुई हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
कात्तिक ५, २०८१ सोमबार १०:५०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।