उत्तर कोरियामा रुसी राष्ट्रपति पुटिनको भव्य स्वागत

उत्तर कोरियामा रुसी राष्ट्रपति पुटिनको भव्य स्वागत

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया पुगेका छन्। उनलाई उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले स्वागत गरेका छन्।

उत्तर कोरियाको प्योङयाङमा पुटिनलाई स्वागत गर्न सडक छेउमा मानिसहरू ठूलो संख्यामा भेला भएका थिए। मानिसहरूले हातमा रुसी र उत्तर कोरियाको झण्डा बोकेका छ थिए।

राष्ट्रपति पुटिन र किम जोङ उन औपचारिक स्वागत समारोहका लागि प्योङयाङ सेन्ट्रल स्क्वायर पुगेका थिए। कोरियाली प्रतिनिधिमण्डलमा किमकी बहिनी किम यो जोङ पनि सहभागी थिए।

रूसी टुडेका अनुसार, स्क्वायर स्थानीय बासिन्दाहरूले खचाखच भरिएको थियो। उनी रुसी राष्ट्रपतिलाई स्वागत गर्न आएका थिए। त्यहाँ सैनिकको टुकडी पनि उपस्थित थियो। सो अवसरमा स्थानीय सैनिक अर्केस्ट्राले दुवै देशको राष्ट्रिय धुन पनि बजाएको थियो।

पुटिनको भ्रमणमा किमले ठूलो स्रोत खर्च गरेको देखिन्छ। पुटिन र किमबीचको भेटवार्तालाई चीनले स्वागत गरेको छ। पुटिनले एक महिनाअघि मात्रै चीन भ्रमण गरेका थिए। यस क्रममा उनले आफू र चीनका सी जिनपिङ ‘दाजुभाइ जस्तै नजिक’ रहेको घोषणा गरेका थिए।

पुटिनको प्योङयाङ भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार भनेका छन्, ‘रुससँग परम्परागत सम्बन्ध भएका देशहरूसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्न बेइजिङले स्वागत गर्दछ।’

असार ४, २०८१ बुधबार १२:१७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।