वेष्टइन्डिजद्वारा अफगानिस्तानमाथि १०४ रनको जित

वेष्टइन्डिजद्वारा अफगानिस्तानमाथि १०४ रनको जित

 काठमाडौं : टी-२० विश्वकपमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनले पराजित गरेको छ।

आज भएको समूह चरणको अन्तिम खेलमा वेष्टइन्डिजले जारी विश्वकपमा सबैभन्दा ठूलो रन अन्तरले जित निकालेको छ।

२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भयो।

अफगानिस्तानका  इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन्।

अफगानिस्तानलाई सस्तैमा रोक्न वेष्टइन्डिजका ओबेद म्याककोयले सर्वाधिक तीन विकेट लिए।

यस्तै, मुडाकेश मोती र अकिल हुसैनले दुई/दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले समान एक/एक विकेट दिलाए।

त्ययसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रनको ठूलो स्कोर खडा गरेको थियो।

पुरनले ५३ बलमा ९८ रनको उम्दा प्रर्दशन गरे भने, जोनसन चार्ल्सले ४३, शाई होपले २५, रोभम्यान पावेलले २६ रन बनाए।

अफगानिस्तानका गुलबदिन नाबीले २, नवीन उल हक र फजलहक फारुकीले समान एक/एक विकेट लिए।

समूह ‘सी’बाट वेष्टइन्डिज र अफगानिस्तान दुवै सुपर-८ मा पुगिसकेका छन्। सुपर-८ को समूह २ मा रहेको वेष्टइन्डिजले इंग्ल्याडसँग अर्को चरणको पहिलो खेल खेल्नेछ।

असार ३, २०८१ मंगलबार ११:१४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।