पाकिस्तानसँग हारिसकेको खेल भारतीय बलरले फर्काए, भारत ६ रनले विजयी

पाकिस्तानसँग हारिसकेको खेल भारतीय बलरले फर्काए, भारत ६ रनले विजयी

काठमाडौँ : भारतले दिएको एक सय २० को लक्ष्य पूरा गर्न नसक्दा आइसिसी टी-२० को दोस्रो खेलमा पाकिस्तान ६ रनले पराजित भयो।

पहिलो खेल अमेरिकासँग सुपर ओभरमा हारेको पाकिस्तानले भारतलाई एक सय १९ रनमा रोक्न सफल भएको थियो। ६ रनरेट कायम गर्दा सहजै खेल जित्न सकिने भए पनि पाकिस्तानका ब्याटर सफल भएन।

भारतले दिएको मध्यम चुनौती पूरा नहुँदा पाकिस्तानको दोस्रो चरणमा जाने सम्भावना कमजोर बन्दै गएको छ। पहिलो खेलमा जसरी सुपर ओभरमा अमेरिकासँग पराजित भयो उसैगरि भारतसँग छ रनले पराजित भयो।

टस जितेर भारतलाई ब्याटिङको निम्ता दिएको पाकिस्तानले भारतलाई सबै ओभर पनि खेल्न नदिई एक सय १९ रनमा रोकेको थियो। जवाफी ब्याटिङमा आएको पाकिस्तानी टिमले २० ओभरमा एक सय १३ रन बनाउँदा सात विकेट गुमाएको थियो।

भारतको जितमा जसप्रित बुमराह र हार्दिक पाण्ड्या हिरो भए। जसप्रितले चार ओभरमा जम्मा १३ रन दिएर तीन विकेट लिए। उता हार्दिकले दुई विकेट लिए।

भारतका बलर अर्शदिप सिंह र अक्षर पटेलले एक-एक विकेट लिए। अर्शदिपले खेलको अन्तिम ओभरमा बलिङ गरेका थिए। पाकिस्तान त्यो बेलामा ६ बलमा १८ रन बनाउने प्रेसरमा थियो। अर्शदिप रोक्न सफल भएन।

पाकिस्तानका मोहम्मद रिजवानले सबैभन्दा धेरै ३१ रन बनाए। क्याप्टेन बाबर आजम १३ रनमै आउट भए। भारतका ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए। क्याप्टेन रोहित शर्मा पनि १३ रनमै आउट भएका थिए। 

जेठ २८, २०८१ सोमबार ०१:४०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।