कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं : प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

आइतबारको प्रतिनिधि सभा बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन।

आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका थिए। तर नाराबाजीकै बीच नीति तथा कार्यक्रममा छलफल गरी पास गरिएको हो।

छलफल अघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए तर ती दुवैको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

जेठ १३, २०८१ आइतबार १४:०१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।