संसदको गतिरोध छिटो अन्त्य गर्न प्रधानमन्त्रीको अपील

संसदको गतिरोध छिटो अन्त्य गर्न प्रधानमन्त्रीको अपील

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा देखा परेका गतिरोधलाई छिटोभन्दा छिटो अन्त्य गर्न सबै सांसदलाई अपील गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

साथै उनले संसद्लाई राष्ट्रिय मुद्दामा बहस गर्ने तथा लोकतान्त्रिक विधि प्रणालीलाई सुदृढ गर्ने र लोकतान्त्रिक मान्यताहरूलाई अबलम्बन गर्ने थलोको रुपमा विकास गर्नुपर्नेमा समेत जोड दिए।

उनले भने, ‘राष्ट्रिय मुद्दामा बहस गर्ने, लोकतान्त्रिक विधि प्रणालीलाई सुदृढ गर्ने र लोकतान्त्रिक मान्यताहरुलाई अवलम्बन गर्ने थलोका रुपमा विकास गर्न र अहिले देखापरेका गतिरोधलाई छिटोभन्दा छिटो अन्त्य गर्न सबैसँग अपील गर्न चाहन्छु।’

जेठ १३, २०८१ आइतबार १३:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।