शुक्रबार ११ पुस, २०८२
सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गरेर निर्यात गर्ने
काठमाडौं : सरकारले घरेलु मदिरालाई निर्यात गर्ने नीति लिएको छ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्र्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
‘घरेलु मदिराको गुणस्तर पहिचान गरी नियन्त्रित उत्पादन तथा ब्रान्डिड गरी निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ’, राष्ट्रपति पौडेलले भने।
उनले रैथाने उत्पादनलाई जोड दिने पनि बताए।
जेठ १, २०८१ मंगलबार १६:१५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।