मंगलबार १० चैत, २०८२
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घट्दा चाँदीको बढेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य सात सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा २५रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार चार सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुन तोलाको १ लाख ३६ हजार ७५० रुपैयाँ कायम हुँदा चाँदी भने १ हजार ७४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
जेठ १, २०८१ मंगलबार १२:२६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।