आफ्नो हतियार प्रयोग गरेर इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानून उल्लंघन गरेको अमेरिकी आशंका

आफ्नो हतियार प्रयोग गरेर इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानून उल्लंघन गरेको अमेरिकी आशंका

एजेन्सी : अमेरिकाले गाजा युद्धका क्रममा इजरायलले अमेरिकी हतियार प्रयोग गरेर अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन गरेको आशंका गरेको छ।

यद्यपि अमेरिकी सरकारले यसबारे पूर्ण जानकारी नभएको बताएको छ। यसबारे अमेरिकी संसदमा प्रतिवेदन पनि पेश गरिएको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्षदेखि पठाइएको अमेरिकी हतियार इजरायलले कसरी प्रयोग गरेको छ भन्नेबारे अनुसन्धान गर्न निर्देशन दिएका छन्।

अमेरिकाले हालै इजरायललाई गाजाको रफाहमा कुनै पनि ठूलो कारबाही नगर्न आग्रह गर्दै त्यसो गरे हतियार आपूर्तिमा रोक लगाउने चेतावनी दिएको थियो।

तर, इजरायलले रफाहमा ठूलो कारबाही नगरी हमासविरुद्धको युद्ध जित्न नसक्ने दाबी गरिरहेको छ। इजरायली प्रधानमन्त्री नेतन्याहुले आवश्यक परे  लडाइँमा इजरायल एक्लै उभिने बताइसकेका छन्।

यदि इजरायलले रफाहमा ठूलो कारवाही गरेमा हजारौं मानिसको ज्यान जान सक्ने अमेरिका र अन्य संगठनहरूको दाबी छ।

वैशाख २९, २०८१ शनिबार ०९:१६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।