स्पेनिस ला-लिगामा अग्रता जोगाउन नसक्दा जिरोनाले एलाभेससँग अंक बाँड्यो

स्पेनिस ला-लिगामा अग्रता जोगाउन नसक्दा जिरोनाले एलाभेससँग अंक बाँड्यो

काठमाडौं : स्पेनिस ला-लिगा फुटबलमा दोस्रो स्थानको जिरोनाले अंक बाँडेको छ।

शुक्रबार राति भएको खेलमा एलाभेसविरुद्ध दुई गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा जिरोनाले अंक बाँड्न पुगेको हो।

एरिक गार्सियाको गोलमा चौथो मिनेटमै अग्रता लिएको थियो। भिक्टर त्सिहानकोवको पासमा उनले गोल गरेका थिए।

तर, एलाभेसले १२औं मिनेटमै बराबरी गोल फर्काएको थियो। उसका लागि जोन गुरेडीले ग्युलिनो सिमोनको पासमा बराबरी गोल गरेका थिए।

४४औं मिनेटमा एन्जेल हेरेराले गोल गर्दै पहिलो हाफमा २-१ को अग्रता दिलाए। जित नजिक रहेको जिरोना दोस्रो हाफको इन्ज्योरी समयको पनि अन्तिममा गोल खान पुग्यो।

नवौं मिनेटमा जोन गुरेडीले नै व्यक्तिगत दोस्रो गोल गर्दा एलाभेसले २-२ गोलको बराबरी खेल्दै एक अंक लिन सफल भयो।

जिरोना ला-लिगाको तालिकामा ७५ अंकका साथ दोस्रो स्थानमा छ भने एलाभेस ४२ अंकका साथ ११ औं स्थानमा छ। ला-लिगाको उपाधि भने रियल मड्रिडले जितिसकेको छ।

वैशाख २९, २०८१ शनिबार ०८:२८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।