फ्रोसिनोनमाथि इन्टर मिलानको शानदार जित

फ्रोसिनोनमाथि इन्टर मिलानको शानदार जित

काठमाडौं : इटालियन सिरी ए को उपाधि जितिसकेको इन्टर मिलानले फ्रोसिनोनमाथि शानदार जित दर्ता गरेको छ।

शुक्रबार राति भएको खेलमा इन्टरले फ्रोसिनोनमाथि ५-० को एकतर्फी जित निकालेको हो। सुरुदेखि नै हावी भएको इन्टरलाई डेभिडन फ्रेटेसीले १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ गोल गरेका इन्टरले अरु बाँकी चार गोल दोस्रो हाफमा थपेको हो।

मार्को अर्नोअटोभिकले ६०औं मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए। उनले फ्रेटेसीको पासमा गोल गरेका थिए।

७७औं मिनेटमा टाजन बोचनानले स्टेफेनो सेन्सीको पासमा गोल गर्दै अग्रता तेब्बर बनाएको थियो। ८०औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेपछि इन्टर ४-० ले अघि बढेको थियो।

यस्तै, मार्टिनेजको पासमा मार्कस थुरमले गोल गर्दै इन्टर मिलानको जित ५-० ले पक्का गरे।

जितपछि इन्टर मिलान ३६ खेलबाट ९२ अंकका साथ शीर्ष स्थानमा छ भने पराजित भएको फ्रोसिनो समान खेलबाट ३२ अंकका साथ १७ औं स्थानमा छ।

वैशाख २९, २०८१ शनिबार ०७:५०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।