कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेट स्थगित

कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेट स्थगित

काठमाडौं : बजेट अधिवेशनको पहिलो दिन नै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ।

संघीय संसद भवनमा शुक्रबार बसेको बैठकमा 'संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारवाही गर' लगायतका नाराबाजी गर्दै संसद अवरुद्ध गरेको हो। 

कांग्रेसको अवरोध पछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।   

कांग्रेसको अवरोधबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउन खोजेका थिए। तर, कांग्रेसका सांसदहरूले वेल घेराउ गरे। 

सभामुख घिमिरेले पटकपटक आशणग्रहण गर्न अनुरोध गर्दा पनि कांग्रेसले संसद चलन दिएन।  

२८ बैशाख, २०८१, १६:३२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।