दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्दै सोमपाल

दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्दै सोमपाल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी दुई विश्वकप खेल्ने पहिलाे नेपाली खेलाडी बन्ने भएका छन्।

सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए। 

त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी यसपटक सबैभन्दा अनुभवी खेलाडीको भूमिकामा रहनेछन्। सोमपाल अहिले पनि टोलीको मुख्य बलर हुन्।

हालसम्म नेपालले ८५ टि२०आई खेल खेल्दा सोमपालले त्यसमध्ये ६५ खेल खेलेका छन्। सोमपालले ६५ खेलमा ५८ विकेट लिएका छन्।

स्ट्राइक बलरको भूमिकामा रहेका उनले पावरप्लेमा बलिङ गरे पनि इकोनोमी रेट भने ७.१९ मा सीमित राखेका छन्। ब्याटिङतर्फ पनि उनले ३८ इनिङ खेल्दै ३ सय १५ रन जोडेका छन्।

२० बैशाख, २०८१, १२:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।