‘तारक मेहताका उल्टा चश्मा’का कलाकार गुरुचरण बेपत्ता

‘तारक मेहताका उल्टा चश्मा’का कलाकार गुरुचरण बेपत्ता

काठमाडौं : भारतीय चर्चित टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’मा ‘रोशनसिंह सोढी’को भूमिका निभाउने कलाकार गुरुचरण सिंह दिल्लीबाट बेपत्ता भएका छन्।

उनी दिल्ली एयरपोर्टबाट बेपत्ता भएको परिवारले जनाएका छन्। परिवारका अनुसार उनी एयरपोर्टबाट मुम्बई जाने तयारीमा थिए। तर, उनी न मुम्बई पुगे न त घर नै फर्किए।

उनी बेपत्ता भएपछि गुरुचरणका बुवाले प्रहरीमा छोराको अवस्था अज्ञात रहेको भन्दै निवेदन दिएका छन्। बुवाले प्रहरीमा दर्ता गराएको निवेदनको डिजिटल कपी सार्वजनिक भएको छ।

गुरुचरणले पिताको स्वास्थ्य समस्याका कारण टेलिभिजन शो छोडेका थिए। उनी टेलिभिजन शो छोडेर परिवारतिर ध्यान दिन चाहन्थे।

उनले शो छोडे पछि नयाँ कलाकारको प्रवेश भए पनि उनको अभिनयलाई दर्शकले मन पराउन सकेका छैनन्।

१७ बैशाख, २०८१, ११:२७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।