'तराई क्षेत्रमा आगामी चार दिनसम्म तातो हावा चल्नसक्छ, सतर्कता अपनाउनू'

'तराई क्षेत्रमा आगामी चार दिनसम्म तातो हावा चल्नसक्छ, सतर्कता अपनाउनू'

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा आगामी चार दिनसम्म तातो हावा चल्नसक्ने पूर्वानुमान गरेको छ।

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम् तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको तथा तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी नापिएको छ।

सोमबार दिउँसोको तथ्यांक अनुसार भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको छ। जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपालगन्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

आगामी चार दिनसम्म धनुषादेखि कञ्चनपुरसम्म अत्यधिक गर्मी हुने भएकाले तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोधसमेत गरेको छ। 

वैशाख १०, २०८१ सोमबार २१:५४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।