कर्णाली प्रदेश: गैरसांसद मन्त्री बन्दा पनि महिला र दलितबाट कोही अटाएनन्

कर्णाली प्रदेश: गैरसांसद मन्त्री बन्दा पनि महिला र दलितबाट कोही अटाएनन्

सचिवालयका अनुसार कांग्रेसका यज्ञबहादुर बुढाक्षेत्रीले समाजिक विकासमन्त्री र हिमबहादुर शाहीले आन्तरिक मामिला तथा कानून मन्त्री, माओवादीका गैरसांसद छिरिङ डम्दुल लामा `कार्चेन´ले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र गणेशप्रसाद सिंहले ऊर्जा तथा जलस्रोत मन्त्रीमा शपथ लिने गरी तयारी थालिएको छ।

सचिवालयले मन्त्रालयमा केही फेरबदल समेत हुनसक्ने संकेत गरेकाे छ।

यस्तै मन्त्रिपरिषद् विस्तार गरिए पनि समावेशी भने रहेको छैन। प्रदेश मन्त्रिपरिषद्मा महिला र दलित समुदायको प्रतिनिधित्व नै रहेको छैन। महिला र दलितलाई मन्त्रिपरिषद्मा सहभागी नगराउँदा गठबन्धनभित्रैका सांसदहरूले गुनासाे गरेका छन्।

मन्त्रिपरिषद्मा दलितबाट माओवादीका राताे कामी, महिलामा कृष्णा शाह तथा समाजवादीका महिलाबाट देवी ओलीले मन्त्री बन्ने आकांक्षा राखेर पार्टीभित्र छलफल समेत भए पनि केन्द्रीय नेतृत्त्वको एकल निर्णयका कारण उनीहरू अटाउन नसकेका हुन्।

२३ माघ, २०७८, १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।