इजरायल-इरान तनाव : तत्काल इजरायल छाेड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको निर्देशन

इजरायल-इरान तनाव : तत्काल इजरायल छाेड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको निर्देशन

एजेन्सी : अस्ट्रेलियाले आफ्ना नागरिकलाई तत्काल इजरायल छोड्न निर्देशन दिएको छ।

दुई अमेरिकी अधिकारीले शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेको दाबी गरेलगत्तै अष्ट्रेलियाले यस्तो निर्देशन दिएको हो।

यद्यपि इरानले भने हवाइ नभएको भन्दै अमेरिकी दाबीको खण्डन गरेको छ।

यो दाबीपछि अष्ट्रेलियाले इजरायलमा रहेका आफ्ना नागरिकलाई ‘यदि इजरायल छोड्न सुरक्षित छ भने त्यसो गर्नुहोस्’ भनेको थियो।

‘इजरायल विरुद्ध सैन्य र आतंकवादी हमलाको खतरा छ’, अस्ट्रेलियाको विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा भनेको छ। यसले सम्पूर्ण क्षेत्रमा खतरनाक अवस्था सिर्जना गर्न सक्छ।

उसले आफ्नो पोष्टमा भनेको छ, ‘हामी इजरायल र इजरायल नियन्त्रित प्यालेस्टाइनमा रहेका अष्ट्रेलियाली नागरिकहरूलाई खाली हुन अपील गर्दछौँ।’

इजरायल र इरानबीच केही समयदेखि तनावको अवस्था रहेको छ।

७ बैशाख, २०८१, १४:१०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।