अमेरिकाले भिटो प्रयोग गरेपछि प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन अस्वीकार

अमेरिकाले भिटो प्रयोग गरेपछि प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन अस्वीकार

काठमाडौं : प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन अस्वीकार गरिएको छ।

सदस्यता दिने सम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा अमेरिकाले भिटो प्रयोग गरेपछि प्यालेस्टाइनलाई सदस्यता दिन अस्वीकार गरिएको हो।

१५ सदस्यीय सुरक्षा परिषद्मा १२ सदस्य राष्ट्रले पक्षमा मतदान गर्दा एक सदस्यले भने विपक्षमा मतदान गरे।

यसैगरी २ सदस्य राष्ट्र भने मतदान प्रक्रियामा सहभागी भएनन्। १५ सदस्यीय सुरक्षा परिषद्मा ५ स्थायी राष्ट्र रहेकाले उनीहरूले भिटो प्रयोग गर्दा कुनै पनि प्रस्ताव पारित हुँदैन।

प्यालेस्टाइनको पक्षमा बहुमतले सदस्यता दिनुपर्ने मतदान गरे पनि अमेरिकाको भिटोका कारण यो प्रस्ताव असफल भएको हो।

स्थायी सदस्यमा चीन, फ्रान्स, रसिया, बेलायत  र अमेरिका रहेका छन्। यी पाँच मध्य एकलेमात्रै भिटो प्रयोग गर्दा प्रस्तावहरू असफल हुने गरेका छन्।

गाजामा जारी लडाइँको बीचमा, प्यालेस्टाइनले अप्रिल २ मा संयुक्त राष्ट्रका महासचिवलाई पत्र पठायो र संगठनको सदस्यताका लागि प्यालेस्टाइनको आवेदनलाई पुनर्विचार गर्न अनुरोध गरिएको थियो।

प्यालेस्टाइनले सन् २०११ मा पहिलो पटक संयुक्त राष्ट्र संघमा निवेदन दिएको थियो।

प्यालेस्टाइनको पछिल्लो अनुरोधपछि संयुक्त राष्ट्र प्रमुखले उक्त पत्र सुरक्षा परिषद्लाई हस्तान्तरण गरिएको थियो।

७ बैशाख, २०८१, ०८:२७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।