चितवन राष्ट्रिय निकुञ्जका 'नेचर गाइड' : गैँडाको आक्रमणबाट पर्यटकलाई बचाए, आफू बाँचेनन्

चितवन राष्ट्रिय निकुञ्जका 'नेचर गाइड' : गैँडाको आक्रमणबाट पर्यटकलाई बचाए, आफू बाँचेनन्

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको सुवास रेग्मीको मृत्यु भएको छ।

शनिबार बिहान ११ः५० बजे निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय रेग्मीलाई गैँडाले आक्रमण गरेको थियो।

गैँडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

रेग्मी सौराहाको जङ्गल वल्र्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए।

रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनले निकुञ्ज घुम्न गएका दुई जना पर्यटकलाई भने जोगाएका छन्। 

‘निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना बिरलै हुने गरेको छ,’ तिवारीले भने।

वैशाख १, २०८१ शनिबार १७:०३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।