ओलीको इसारामा संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

ओलीको इसारामा संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले संघीय संसदकाे हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ। 

शुक्रबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले  वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्न गर्न सिफारिस गर्ने निर्णय गरेकाे सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार २०८१ साल वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदको हिउँदे अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको थियो। 

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका ओलीले नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अन्त्य हुनसक्ने बताएका थिए। सोही अनुरुप सरकारले हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो। 

चैत ३०, २०८० शुक्रबार १५:५४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।