घरायसी वादविवादमा छोराको कुटपिटपछि बुवाको ज्यान गयो

घरायसी वादविवादमा छोराको कुटपिटपछि बुवाको ज्यान गयो

काठमाडौं : संखुवासभामा बुवाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

संखुवासभाको पाँचखपन नगरपालिका –२ गैरीगाउँ बस्ने २८ वर्षीय सुमन राईलाई बुवाको हत्या आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

५० वर्षीय बुवा युवराजसँग घरायसी विषयमा वादविवाद हुँदा सुमनले कुटपिट गरेका थिए।

कुटपिटपछि गम्भीर घाइते भएका युवराजको संखुवासभाको स्याबुन स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा लगिएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका निम्ति जिल्ला अस्पतालमा राखिएको छ।

प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

२७ चैत, २०८०, १६:१३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।