महिन्द्रा इलेक्ट्रिकको बिर्तामोडदेखि काँकडभिट्टासम्म तीनपांग्रे अटो ट्रियो र्‍याली

महिन्द्रा इलेक्ट्रिकको बिर्तामोडदेखि काँकडभिट्टासम्म तीनपांग्रे अटो ट्रियो र्‍याली

झापा : इलेक्ट्रिक अटोको प्रयोगलाई थप प्रोत्साहन गर्नको लागि महिन्द्राको इलेक्ट्रिक तीनपांग्रे अटो– ट्रियोले बिर्तामोड देखि काँकडभिट्टासम्म ट्रियो र्याली आयोजना गरेको छ।

गत शनिबार गरिएको र्याली बिर्तामोडबाट सुरु भई बुट्टाबारी – चराली – धुलाबारी हुँदै काँकडभिट्टासम्म पुगेर पुनः बुधबारे –जयपुर – सनिश्चरे– सुरुङ्गा हुँदै बिर्तामोड पुगेर सम्पन्न भएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन प्रहरी नायव निरीक्षक पूर्ण गौतमले गरेका थिए भने प्रमुख अतिथिका रुपमा उद्योग बाणिज्य महासंघका महासचिव कुसल खतिवडाको उपस्थिति थियो। 

अग्नि ग्रुपका बिर्तामोडस्थित आधिकारिक बिक्रेता एभरेष्ट अटो ट्रेड प्रालिले काममा असाधारण प्रदर्शन गर्ने केही अटो चालकहरूलाई पुरस्कृत समेत गरेको कम्पनीले जनाएको छ।  

 कार्यक्रममा अग्नि ग्रुपले चालकहरुसँग प्रत्यक्षरुपमा महिन्द्रा इलेक्ट्रिक तीनपाँग्रे अटो ट्रियो झापा क्षेत्रमा बिक्री र सेवाको विकास तथा  विस्तार गर्ने बारेमा छलफल गरेको थियो। सोही अवसरमा एभरेष्ट अटो ट्रेड प्रा. लि.ले नयाँ दुई ग्राहकलाई महिन्द्रा अटो ट्राइओ हस्तान्तरणसमेत  गरेको थियो।

२६ चैत, २०८०, १८:०४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।