इङ्ग्लिस प्रिमियर लिग : फेरी शीर्ष स्थानमै उक्लियो आर्सनल, ब्राइटनविरुद्ध ३–० गोलको सहज जित

इङ्ग्लिस प्रिमियर लिग : फेरी शीर्ष स्थानमै उक्लियो आर्सनल, ब्राइटनविरुद्ध ३–० गोलको सहज जित

एजेन्सी : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल शीर्ष स्थानमा फर्किएको छ।

शनिबार राति भएको खेलमा ब्राइटनविरुद्ध ३–० को सहज जित निकालेको आर्सनल लिभरपुललाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। आर्सनलले ३१ खेलबाट ७१ अंक बनाउँदा लिभरपुलको ३० खेलबाट ७० अंक रहेको छ।

शनिबार राति आर्सनललाई जिताउन बकायो साका, केइ हार्भाटेज र लियोनार्दो ट्रोसान्डले एक एक गोल गरेका थिए। 

३३ औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलाई अग्रता दिलाए । ६२ औं मिनेटमा हार्भाटेजले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो। ८६ औं मिनेटमा ट्रोसान्डले गोल गरेपछि आर्सनल ३–० को सहज जित निकाल्न सफल भयो।

प्रिमियर लिगकै अर्को खेलमा वेस्टह्यामले वुल्भ्सलाई २–१ गोलको पुनरागमन जित निकालेको छ। 

१ गोलले पछि परेको वेस्टह्यामले अन्ततः २–१ कोे जित निकाल्न सफल भयो। 

पाब्लो सर्वियाको पेनाल्टीबाट वुल्भ्सले अग्रता ३३ औं मिनेटमा लिएको थियो। ७३ औं मिनेटमा लुकास पुएटाले पेनाल्टीमा गोल गर्दै वेस्टह्यामलाई बराबरीमा ल्याएका थिए। ८४ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै वेस्टह्यामलाई २–१ ले जिताए।

वेस्टह्याम ४८ अंकका साथ सातौं स्थानमा रहँदा वुल्भ्स ४२ अंकका साथ ११ औं स्थानमा छ। 

यस्तै, लुटनले बर्नमाउथमाथि २–१ गोलको जित दर्ता गर्दा न्युक्यासलले फुलह्यामलाई १–० ले स्तब्ध बनायो। एभर्टनले बर्नलेलाई १–० गोल अन्तरले पराजित गर्दा एस्टन भिल्ला र ब्रेन्टफोर्डले तीन तीन गोलको बराबरी खेले। 

म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ४–२ को पुनरागमन जित निकालेको छ।

२५ चैत, २०८०, ०८:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।