मंगलबार १० चैत, २०८२
सुनको मूल्य चार सयले घट्दा चाँदीमा १० रुपैयाँ वृद्धि
काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घट्दा चाँदीको बढेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य चार सय रुपैयाँ घटेको हो भने चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको मूल्य १ लाख ३० हजार ५५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।
सोमबारको तुलनामा मंगलबार चाँदी १० रुपैयाँले बढेर १ हजार ५४५ रुपैयाँ पुगेको छ।
चैत २०, २०८० मंगलबार ११:४१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।