खाजाघरको बहानामा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउँथे, बालाजुबाट पक्राउ

खाजाघरको बहानामा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउँथे, बालाजुबाट पक्राउ

काठमाडौं : १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ परेका छन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजाघरमा वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरेको हो।

सोमबार उनलाई सार्वजनिक गर्दै ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिए।

'खाजा घरमा डरमा पारी राखेको अवस्थामा बालिकालाई उद्धार गरेर मगरलाई पक्राउ गरेका हौँ,' उनले भने।

प्रहरीले पक्राउ परेका मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

१९ चैत, २०८०, २२:०७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।