ट्याक्टर चोरी गरेर भारत लाँदै थिए, प्रहरीको फेला परे

ट्याक्टर चोरी गरेर भारत लाँदै थिए, प्रहरीको फेला परे

काठमाडौं : झापामा ट्याक्टर चोरीमा संलग्न १ जनालाई पक्राउ परेका छन्।

आइतबार बिहान गौरीगञ्ज गाउँपालिका- १ स्थित होम थपलियाले आफ्नै घर अगाडि पार्किङ गरिराखेको मे. १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो।

चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जिवारीको टोलीले आइतबार दिउँसो साढे ११ बजे गौरादह नगरपालिका-९ का ३५ वर्षीय सुनिल टुडुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनले उक्त ट्याक्टर भारततर्फ लाँदै गरेको अवस्थामा ट्याक्टर फेला पारिएको हो।

घटना सम्बन्धमा झापा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

१९ चैत, २०८०, २०:०३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।