बाटोमा हिँडिरहेकी १२ वर्षीय बालिकालाई रोकेर करणी गर्न खोजेको आरोपमा एक पक्राउ

बाटोमा हिँडिरहेकी १२ वर्षीय बालिकालाई रोकेर करणी गर्न खोजेको आरोपमा एक पक्राउ

काठमाडौं : लमजुङमा जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

राईनास नगरपालिका-८ निवासी ३२ वर्षीय अमृत बहादुर अधिकारीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत चैत १२ गते सोमबार बिहान ८ बजेतिर बाटोमा एक्लै हिँडिरहेकी १२ वर्षीया बालिकालाई अधिकारीले बाटोमा रोकेर करणीको प्रयास गरेका थिए।

बाटोमै जबर्जस्ती करणी गर्न खोजेको भन्दै बालिकाले प्रहरीमा बिहीबार मात्र उजुरी दिए पनि प्रहरीले उनलाई बुधबार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका अधिकारीमाथि जबर्जस्ती करणी उद्योग सम्बन्धी कसुरमा जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप गराई अनुसन्धान सुरू गरिएको छ।

१५ चैत, २०८०, २०:४०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।